८ बैशाख २०८१, शनिबार

ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखलाई कोरोना पुष्टि

प्रकाशित मिति :  15 September, 2020 11:31 am


काठमाडौं, ३० भदौ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हिजो कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले आफू कोरोना संक्रमित बनेको र हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको जानकारी गराएका छन् ।

प्रमुख श्रेष्ठले आफूसँग सम्पर्कमा रहेर काम गर्ने सबैलाई कोरोना परीक्षण गर्नका लागि आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !