२७ बैशाख २०८१, बिहिबार

बिहीबार सुनको मुल्य प्रतितोला ९ सयले घट्यो

प्रकाशित मिति :  17 September, 2020 2:15 pm


काठमाडौ,१ असोज । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ९ सयले घटेर कारोबार भएको छ । बिहीबार छापावाला सुनको मुल्य ९ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार स्थिर रहेको सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले घटेर१ हजार ३ सय २०रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !