२० बैशाख २०८१, बिहिबार

लामो कसरतपछि वामदेवको संसदमा प्रवेश, जनताप्रति बफादार भएर भूमिका निभाउने प्रतिबद्धता

प्रकाशित मिति :  17 September, 2020 5:18 pm


काठमाडौं,१ असोज ।

राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई आजै राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष समेत रहेका गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाबाट सपथ लिएका हुन् ।

सपथ लिएपछि पत्रकारसँग गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम आफूले नगर्ने बताएका छन् ।

उनले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने उल्लेख गरे । गौतम बर्दियाबाट चुनावमा पराजित भएका थिए ।

पराजित भएपछि विभिन्न ठाउँबाट उपनिर्वाचन लड्ने प्रयास गरेका थिए । तर, चर्को आलोचना भएपछि र पार्टीभित्रबाटै असहयोगको खतरा देखेपछि उनी पछि हटेका थिए । लामो प्रयासपछि गौतम संघीय संसद बनेका छन् ।

यसअघि गोरखाबाट चुनावमा पराजित नारायणकाजी श्रेष्ठपनि राष्ट्रियसभा गइसकेका छन् । अब सत्तारुढ नेकपाका सबै सचिवालय सदस्यको संघीय संसदमा प्रवेश भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !