२७ बैशाख २०८१, बिहिबार

शुक्रबार सुनको मुल्य प्रतितोला ४ सयले बढ्यो

प्रकाशित मिति :  18 September, 2020 1:33 pm


काठमाडौ, २ असोज ।  साताको छैटौंदिन नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ । बिहीबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मुल्य शुक्रबार भने प्रतितोला ४ सयले बढेर छापावाला सुन ९७ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९६ हजा ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै चाँदीको मुल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावलाई पछ्याउँदै नेपाली बजारमा पनि यी धातुको मुल्य दिनहुँ घटबढ भइरहेको छ । यसै क्रममा शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !