१६ चैत्र २०८०, शुक्रबार

यसवर्षको आईपीएल शुरु, टस जितेर बलिङ गर्दै चेन्नई

प्रकाशित मिति :  19 September, 2020 9:32 pm


काठमाडौं,३ असोज । यस वर्षको इण्डियन प्रिमियर लिग आईपीएल आजदेखि शुरु भएको छ । कोरोना भाइरस कोभिड १९ को कारण लामो समयदेखि प्रतिक्षामा रहेको विश्वकै लोकप्रिय प्रतियोगिता टी २० क्रिकेट युएईमा कडा स्वास्थ्य प्रोटोकलका बीच भइरहेको छ ।

अबुदाबी शेख जायद स्टेडियममा आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेलिरहेका छन् । टस जितेर बलिङमा उत्रिएका चेन्नई सुपर किंग्स विरुद्ध मुम्बईले पहिलो व्याटिङ गर्ने भएको छ ।

आइपिएलको इतिहासमा सबै भन्दा बढी फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो खेल रोचक नै हुने अनुमान गर्न सकिन्छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गरेका चेन्नईका कप्तान महेन्द्र सिंह धोनी अहिलेपनि चेन्नईका प्रमुख हतियार हुन् । त्यस्तै मुम्बई पनि आइपिएलमा सबैभन्दा सफल टिम हो । मुम्बईले अहिलेसम्म खेलेका ५ फाइनल मध्ये चार पटक उपाधि जितेर सबैभन्दा बढी उपाधि जितेको छ ।



प्रतिक्रिया दिनुहोस !