२७ बैशाख २०८१, बिहिबार

साताको पहिलो दिन स्थिर रह्यो सुनको मुल्य

प्रकाशित मिति :  20 September, 2020 1:22 pm


काठमाडौ,४ असोज । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेको हो । छापावाला सुन प्रतितोला ९७ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ५सय रुपैयाँ कायम भएको छ ।

गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मुल्य तोलामा ४ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य भने प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३सय १५ रुपैयाँमाकारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीका मुल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !