२७ बैशाख २०८१, बिहिबार

मंगलबार सुनको मुल्यमा भारी गिरावट, प्रतितोला १७ सयले घट्यो

प्रकाशित मिति :  22 September, 2020 12:15 pm


काठमाडौं,६ असोज । नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला १७ सयले घटेर ९५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्यमा पनि भारी गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर १ हजार २ सय ३०मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !