२७ बैशाख २०८१, बिहिबार

सुनको मुल्यमा गिरावट जारी, प्रतितोला १२ सयले घट्यो

प्रकाशित मिति :  24 September, 2020 1:08 pm


कठमाडौं, ८ असोज । नेपाली बजारमा सुनको मुल्यमा आएको गिरावटले आज पनि निरन्तरता पाएको छ । बिहीबार बजारमा छापावाला सुनको मुल्य प्रतितोला १२ सयले घटेर ९३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार चाँदीको मुल्यमा पनि भारी गिरावटसँगै ४० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० मा कारोबार भइरहेका थियो भने आज प्रतितोला ७० रुपैयाँले घटेर तोलाको १ हजार १सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरुले बताए । कोरोना भाइरस विरुद्ध खोप भन्ने सम्भावानासँगै मानिसहरु व्यापार व्यवसाय संचालन गर्न थालेपछि त्यसका प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !