१३ बैशाख २०८१, बिहिबार

नयाँ कृषि कानुन विरुद्ध भारतमा किसान आन्दोलन चर्कियो, आज भारत बन्द

प्रकाशित मिति :  25 September, 2020 7:52 am


काठमाडौं, ९ असोज ।

भारतको दुबै सदनबाट कृषि सम्बन्धित तीन वटा विधेयक पारित भएपछि त्यसका विरुद्ध किसानले आज भारत बन्दको घोषणा गरेका छन् ।

किसान संगठनहरुको छाता संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले आज भारत बन्दको घोषणा गरेको हो ।
देशका ३१ वटा किसान संगठनले बन्दको समर्थन गरेका छन् ।

उक्त नयाँ कानुन किसान विरोधी भएको भन्दै किसानहरु संघर्षरत छन् । सरकारले भने विधेयक कृषककै हितमा भएको, यसले आय र बजार बढाउने दाबी गरेको छ ।

किसान संगठनले भने कृषि सम्बन्धि नयाँ कानुनले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा पुराउने बताएका छन् ।

यस विधेयकको विरोधमा सबैभन्दा धेरै पञ्जाव र हरियाणामा भइरहेको छ । नयाँ कानुनको विरोधमा आज भारतभर प्रर्दशन हुने छ । पञ्जावमा हिजोदेखि तीन दिनसम्म रेल यातायात रोक्न अभियान चलाएका छन् ।

किसानहरु रेलको लाइनमा बसेर रेल यातायात अवरुद्ध गरेका छन् । सरकारले आफ्ना माग नसेन अक्टूबरबाट अनिश्चितकालिन रेल यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।

किसान आन्दोलनमा विपक्षी दलहरुले पूर्ण समर्थन गरेका छन् । कांग्रेसले बन्दको पूर्ण समर्थन गरेको छ । उक्त पार्टीले किसानसँगै आफ्ना हजारौं कार्यकर्ता किसानसँग सडकमा उत्रने छन् ।

समाजवादी पार्टी र राष्ट्रीय जनता दलले समेत आन्दोलनका समर्थन जनाएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !