१ जेष्ठ २०८१, मंगलबार

नाेवेल मेडिकल कलेजमा एक पुरूष संक्रमितकाे मृत्यु

प्रकाशित मिति :  28 September, 2020 6:21 pm


विराटनगर, १२ असाेज । 

विराटनगरकाे नाेबेल मेडिकल कलेजमा साेमबार एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । झापाकाे गाैरादह १ स्थित ५१ बर्षीय पुरूषकाे साेमबार दिउसाे नाेबेल अस्पतालकाे अाइसुलेशनमा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

श्वासप्रश्वासकाे समस्या लिएर असाेज ३ गते भर्ना भएका उनलाइ काेराेना संक्रमण पृष्टि भए पश्चात  गत मंगलबारदेखि अाइसाेलेसनमा राखिएकाे थियाे। उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उनी मधुमेह, उच्च रक्तचाप र कलेजाे राेगी थिए ।



प्रतिक्रिया दिनुहोस !