२७ बैशाख २०८१, बिहिबार

सुनको मुल्य फेरी उकालो लाग्दै

प्रकाशित मिति :  30 September, 2020 1:08 pm


काठमाडौं,१४ असोज । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला ५ सयले बढेको छ ।  आज छापावाला सुनको मुल्य प्रतितोला ५ सयले बढेर ९४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार चाँदीको मुल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५मा कारोबार भइरहेका थियो भने आज प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार १सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !