१३ बैशाख २०८१, बिहिबार

सुजुकी जिक्सर बाइकमा १२ हजार रुपैयाँ छुटको अफर

प्रकाशित मिति :  30 September, 2020 7:34 pm


काठमाडौं, १४ असोज ।

सुजुकी बाइकको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले ल्याएको दसैं अफर अन्तर्गत विभिन्न बाइकहरु १२ हजार रुपैयाँ छुटमा किन्न पाइने भएको छ ।

अफर अन्तर्गत सुजुकी जिक्सर ड्युअल डिस्क बाइक पनि १२ हजार छुटमा उपलब्ध हुने छ । यसको मूल्य २ लाख ८३ हजार ९ सय रुपैयाँ रहेको छ भने छुट पश्चात यसको मूल्य २ लाख ७१ हजार ९ सय रुपैयाँ हुनेछ ।

सो बाइकमा ५ वर्षको वारेन्टी उपलब्ध छ । त्यसैगरी एक वर्षको सडक कर समेत निःशुल्क हुनेछ ।

पुराना बाइकसँग साटेर समेत यो बाइक लिन सकिने एक्सचेन्ज अफर समेत उपलब्ध हुनुका साथै आवश्यक फाइनान्स सुविधामा समेत बाइक लिन सकिने भीजी सुजुकीले जनाएको छ ।

सुजुकीले ग्राहकको सुविधालाई मध्यनजर गरी हरेक वर्ष चाडपर्व अफर ल्याउने गरेको बताएको छ । हाल नेपाली बजारमा सुजुकीका ९ मोडलका मोटरसाइकल र ३ मोडलका स्कुटर उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस !