१३ बैशाख २०८१, बिहिबार

मुख्य सचिवमा बैरागी नियुक्त,अमेरिका र बेलायतको राजदुतमा खतिवडा र रेग्मी सिफारिस

प्रकाशित मिति :  1 October, 2020 12:58 pm


काठमाडौं,१५ असोज ।

नेपाल सरकारको मुख्य सचिवमा शंकरदाश बैरागी नियुक्त भएका छन् ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले बताएको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीले राजिनामा दिएपछि सरकारले बैरागीलाई नियुक्त गरेको हो । मुख्य सचिव रेग्मीको कात्तिक ३ गतेबाट कार्यकाल सकिँदै थियो ।

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले यसअघि मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ भने युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !