१५ बैशाख २०८१, शनिबार

देशभर १ हजार ९सय ११ जनामा संक्रमण पृष्टि

प्रकाशित मिति :  1 October, 2020 4:24 pm


काठमाडाै, १५ असाेज । 

पछिल्लाे २४ घण्टामा देशभरमा १ हजार ९ सय ११  जनामा काेराना संक्रमण पृष्टि भएकाे छ ।

देशभर १२ हजार ४ सय ४४  परिक्षण गर्दा थप १ हजार ९ सय ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेकाे संख्या ९ सय ६१ रहेकाे छ । याे सँगै काेराेना संक्रमण निकाे हुनेकाे संख्या ५७ हजार ३ सय८९ पुगेकाे छ । त्यस्तै संक्रिय संक्रमितकाे संख्या २१ हजार ८ सय ३० रहेकाे छ ।

११ हजार ६९ जना हाेम अाइसुलेशनमा रहेकाे छन् । संस्थागत अाइसुलेशनमा रहेकाकाे संख्या १० हजार ७ सय ६१ रहेकाे छ । त्यस्तै ५ हजार ७७ जना क्वारेन्टिनमा रहेका छन् ।  त्यस्तै अाइ.सी.युमा २ सय २० जना र  भेन्टिलेटरमा २५ जनाकाे उपचार भइरहेकाे छ ।

५ सय भन्दा बढी संक्रमित भएका जिल्लामा माेरङ, सुनसरी, सिराह, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन र रूपन्देही रहेका छन् । त्यसै संक्रमित शुन्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डाेल्पा र मुगु  रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !