१३ बैशाख २०८१, बिहिबार

राज्यमन्त्रीकै उद्योगले अनुमति नलिएर नुन बेच्दै, कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

प्रकाशित मिति :  3 October, 2020 8:01 am


काठमाडौं, १७ असोज ।

दुगड ग्रुपले गैरकानुनी रुपमा गुणस्तरहिन नुन विक्रि गर्दै आएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीको मागसहित प्रधानमन्त्री कार्यालय र सम्बन्धित निकायमा उजुरी गरेको छ ।

मोरङको टंकी सिनवारीमा रहेको दुगड स्पाईसी फुड प्रोडक्ट प्रा.लिले सेन्चुरी स्प्रिकलर्स टेवल साल्टको नामबाट प्याकेजिङ गरेर प्रतिसय ग्राम बिल बिजक मूल्य ३२ रुपैयाँ र प्याकेटमा अंकित मूल्य रुपैयाँ ३५ मा विक्रि गर्दै आईरहेको छ । अध्ययनका क्रममा नुन गैरकानुनी रुपमा विक्रि गर्दै आएको खुलेको मञ्चले जनाएको छ ।

दुगड ग्रुपले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनुपर्ने र बिभागको स्वीकृति नलिएर नुन विक्रि गरिरहेको मञ्चले गरेको उजुरीमा उल्लेख छ ।

मञ्चले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ,“ आम नेपाली नागरिकको जन्मदेखि मृत्युसम्म र बिहानदेखि बेलुकासम्म दैनिक उपभोग गर्ने वस्तुमध्यको एक खाद्य नुनको उपयोग,प्रयोग,गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डमा रही उत्पादन,संचय,बिक्रि वितरण गर्ने काम नेपाल सरकारले २०२० साल देखि नै साल्ट टे«ेडिङ कर्पोरेशन लिमिटेड मार्फत मात्र हुँदै आएकोमा यसरी अनधिकृत रुपमा नूनको प्योजिङ,सञ्चय तथा बिक्रि वितरण गर्नु प्रचलित कानुन बिरितको कार्य हो ।”

उक्त ग्रुपका सञ्चालक मोतीलाल दुगड दुगड नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।

मञ्चले भनेको छ,“हामीलाई अत्यन्त खेद छ कि नेपाल सरकारको तर्फबाट आपूर्ति व्यवस्थापन गर्ने, बजार व्यवस्थापन गर्ने तथा उपभोक्ता हक अधिकारको संरक्षण गर्ने नेपाल सरकारको राज्यमन्त्री जस्तो गरिमामय पद सम्हाल्ने व्यक्तित्व नै सञ्चालक रहेको उक्त उद्योगबाट आम उपभोक्ताको हक अधिकार हनन हुने, कानुन विपरित कार्य हुने र उपभोक्तको संवैधानिक अधिकारलाई नै वेवास्था गर्दै व्यक्तिगत स्वार्थलिप्साबाट प्रेरित हुँदा हामी उपभोक्ताहरु अत्यन्त मर्माहित हुन पुगेको छौं । ”



प्रतिक्रिया दिनुहोस !