२० बैशाख २०८१, बिहिबार

२४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए

प्रकाशित मिति :  4 October, 2020 4:23 pm


काठमाडाैं, १८असाेज । 

पछिल्लाे २४ घण्टामा देशभरमा २ हजार २ सय ५३ जना काेराेना संक्रमित थपिएका छन् ।

देशभर १२ हजार ७ सय८४ परिक्षणमा २ हजार २ सय ५३  जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिएका छन् ।याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ८६ हजार ८ सय २३ पुगेकाे छ ।

त्यसै गरी पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५ सय ३५ पुगेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ३ सय २९ जना काेराेना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। याेसँगै नेपालमा काेराेना जित्नेकाे संख्या ६४ हजार ६९ पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !