६ जेष्ठ २०८१, आइतबार

२४ घण्टामा देशभर थप २४४० जना संक्रमित थपिए

प्रकाशित मिति :  5 October, 2020 4:28 pm


काठमाडाैं, १९ असाेज । 

पछिल्लाे २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४०  जना काेराेना संक्रमित थपिएका छन् ।

देशभरका प्रयाेगशालामा १३ हजार ७ सय ८१  परिक्षणमा थप २ हजार ४ सय ४० जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या ८९ हजार २ सय ६३ पुगेकाे छ । त्याे मध्ये ५ सय ५४ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै ६५ हजार २ सय २ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लाे २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै संक्रिय संक्रमितकाे संख्या २३ हजार ५ सय ७ रहेकाे छ । १२ हजार १ सय ९१ जना अाइसाेलेसनमा रहेका छन् ।

त्यस्तै २ सय ४४ जनाकाे अाइसीयुमा र ४३ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

कुन प्रदेशमा कति संक्रमित थपिए 

प्रदेश १. २००

प्रदेश २. १२३ जना

बाग्मती प्रदेश  १७२७ जना

गण्डकी प्रदेश १५६जना

प्रदेश ५. १४८ जना

कर्णाली प्रदेश  ३६ जना

सुदुरपश्चिम प्रदेश ५० जना

 

 



प्रतिक्रिया दिनुहोस !