२७ बैशाख २०८१, बिहिबार

सुनको मुल्यमा उतारचढाव जारी, प्रतितोला ८ सयले बढ्यो

प्रकाशित मिति :  6 October, 2020 12:49 pm


काठमाडौं,२० असोज । नेपाली बजारमा कारोबारको तेस्रो दिन र सुनको मुल्य प्रतितोला ८ सयले बढेको छ ।

मंगलबार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले बढेर ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै सोमबार स्थिर रहेको चाँदीको आज मुल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सयमा कारोबार भइरहेका महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !