१५ चैत्र २०८०, बिहिबार

प्रदेश नंं. ५ को सभा बैठक शुरु

प्रकाशित मिति :  6 October, 2020 2:37 pm


k|b]z gDa/ % sf] df3 @! ut] cfO{taf/ a:g] k|b]z ;ef a}7ssf] nflu a’6jn pBf]u afl0fHo ;+3sf] ejgdf tof/ ul/Psf] k|b]z ;ef ;lrjfno . t:jL/ M k’?iff]Qd ;’a]bL, gjnk/f;L /f;;

काठमाडौं २० असोज । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक शुरु भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यता विपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताए ।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उनले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राखे । “हामी संसदीय व्यवस्थालाई मान्छाँै । हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुप¥यो”, नेता कनौडियाले भने ।

उनले बहुमतको दम्भमा विधि, कानून र प्रक्रिया मिचेर राजधानी जस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गरे । उनले भने, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ । सरकारको यो एकलौटी निर्णय मान्य छैन ।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गरे । विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उनले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राखे । “जनताको अदालतभन्दा कोही ठूलो हुँदैन । आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ”, उनले भने ।  रासस



प्रतिक्रिया दिनुहोस !