१५ चैत्र २०८०, बिहिबार

ललितपुरको लेलेमा रहेका रोल्पाका मजदुरलाई आर्थिक सहयोग हस्तान्तरण

प्रकाशित मिति :  6 October, 2020 9:59 pm


काठमाडौं, २० असोज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव हरि डाँगी र रुन्टीगढी गाउँपालिकाका कर्मचारी दिपक डाँगीले ललितपुरको लेलेमा रहेका रोल्पाका मजदुरलाई आर्थिक सहयोग गरेका छन् ।

ललितपुरको लेले पुगेर ईट्टा भट्टामा मजदुरी गरेर बसेका रोल्पा, रुन्टीगढी गाउँपालिका वडा नम्बर-३ भोर्ना निवासी सुनिता पुनलाई नगद १३ हजार रुपैयाँ सहयोग गरेको रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दिपक डाँगीले जानकारी दिए । सचिव  हरि डाँगी मार्फत जुटेको १०,००० रुपैयाँ र आफूहरुले संयुक्त रुपमा ५ हजार रुपैयाँ गरि १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको डाँगीले जानकारी दिए ।

कान्तिपुर दैनिकको पहिलो पृष्ठमा सुनिता पुनले जुम्ल्याहा बच्चा बोकेर छाक टार्न माग्दै हिडेको भन्ने समाचार र फोटो प्रकाशित भएपछि सहयोग जुटेको हो । उनीहरुको स्थिति सामान्य रहेको डाँगीले जानकारी दिए ।

उनले उक्त क्षेत्रमा झण्डै १५ परिवारको अवस्था दयनीय रहेको बताए । प्यूठानबाट आएर इट्टा भट्टामा काम गरिरहेका १५ परिवारको अवस्थापनि नाजुक रहेको डाँगीको भनाई छ ।

उनले भने,” हामीले सुनता पुनलाई सहयोग गरेयौं तर त्यहाँ पुग्दा अन्यको स्थितिपनि दयनीय देखियो, उहाँहरुलाई पनि सहयोगको खाँचो छ ।”

सहयोग प्राप्त गरेपछि सुनिताको परिवारले खुशी व्यक्त गरेको थियो । कोरोनाका कारण आफूहरु केही समय अहिले कार्यक्षेत्रमै बस्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !