१५ बैशाख २०८१, शनिबार

सुनको मुल्यमा उतारचढाव जारी, प्रतितोला ८ सयले घट्यो

प्रकाशित मिति :  7 October, 2020 1:12 pm


काठमाडौं,२१ असोज । मंगलबार ८ सयले बढेका सुनको मुल्य ब’धबार फेरी प्रतितोला ८ सय रुपैयाले नै घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले बढेर ९४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै मंगलबार मुल्य २० रुपैयाँले बढेको चाँदीको मुल्य बुधबार भने २० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !