२२ बैशाख २०८१, शनिबार

देशभर ४ हजार ३६४ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  8 October, 2020 4:30 pm


काठमाडौं,२१ असोज ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३६४ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । देशभर भएकाे १८ हजार ४ सय ७३ परीक्षणमा थप ४ हजार ३६५ जनामा संक्रमण पृष्टि भएकाे    हाे ।

याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या ९८ हजार ६ सय १७ पुगेकाे छ । २४ घण्टामा थपिएका मध्ये सबै भन्दा धेरै काठमाडाैं उपत्यकाका रहेकाे मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै २४ घण्टामा  २ हजार ६७५ जना डिस्चार्ज भएका छन् । याे सँगै काेराेना जित्नेकाे संख्या ७१ हजार ३४३ रहेकाे छ । त्यस्तै देशभरमा संक्रिय संक्रमितकाे संख्या २६ हजार ६८४ रहेकाे छ । त्यस्तै १४ हजार ९६७ जना आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना उपाचारत छन् । त्यस्तै क्वारेन्टिनमा रहेकाकाे संख्या ४ हजार ४६० रहेकाे छ ।

त्यस्तै ५ सय भन्दा बढी संक्रमित भएका जिल्लामा माेरङ, सुनसरी, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र सुर्खेत रहेका छन् । शुन् संक्रमित भएका जिल्लामा मानाङ र मुस्ताङ रहेका छन् । त्यस्तै संक्रमितमध्ये २ सय ३५ जना अाइसीयु र ४२ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

कहाँ कति संक्रमित ?

प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २,भोजपुरमा ४,मोरङमा २४९, संखुवासभामा ३, सुनसरीमा २१४ र सोलुखुम्बुमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४, सिराहामा ४८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशमा कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा १, लामजुङमा ३, बाग्लुङमा १२ र स्याङ्जामा १३ जना कोरोना संक्रमित भएका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ७, गुल्मीमा १८, दाङमा ५५, नवलपरासीमा २१, पाल्पामा २१, प्यूठानमा १, बर्दियामा १०, बाँकेमा ५७, रुपन्देहीमा १९९, रोल्पामा १ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशमा कालिकोटमा ६, जुम्ला ६, डोल्पा ३, दैलेख ४, रुकुम पश्चिम ५, सल्यानमा ४, सुर्खेतमा १०६ र हुम्लामा ३ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमको अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५,डडेल्धुरामा १, डोटीमा ७, बझाङमा १ र बैतडीमा १ जना संक्रमित थपिएका    छन् ।



प्रतिक्रिया दिनुहोस !