१३ बैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेश स्थायी राजधानीको संरचना निर्माण पूर्वाधार विकास प्राधिकरण मार्फत हुने

प्रकाशित मिति :  10 October, 2020 7:58 am


 

रुपन्देही, २४ असोज ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापन र स्थायी संरचनाबारे प्रदेश सरकारले छलफल सुरु गरेको छ । हिजो मात्रै सरोकारवाला निकायसँग छलफल भएको छ ।

मुख्यमन्त्रीको कार्यालय रुपन्देहीमा भएको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्थायी राजधानीको ब्यवस्थापन र संरचनाबारे सुझाव लिएका छन् ।

सुझाव लिएपछि मुख्यमन्त्री पोख्रेलले स्थायी राजधानीको स्वरुपलाई भर्जिन ल्याण्डबाट दिर्घकालीन योजनाका साथ गुरु योजना निर्माण गरेर व्यवस्थित शहर बनाईने बताए । उनले व्यवस्थित शहरका लागि जग्गा विक्रि वितरणमा पूर्ण रोक लगाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पोख्रेलले अबको राप्ती उपत्यका (देउखुरी) विकसित शहर बन्ने भन्दै कृषि, बसोबास, बजार, हरित क्षेत्र स्थान निर्धारण गर्न समेत पालिकाहरुलाई निर्देशन दिएका छन् ।

स्थायी राजधानीको व्वस्थापनका लागि पूर्वाधार विकास प्राधिकरणको कार्यालय तत्काल राप्ती गाउँपालिका क्षेत्रमा स्थापना गर्ने समेत बैठकमा मुख्यमन्त्रि शंकर पोख्रेलले जानकारी दिएका छन् ।

छलफलमा तीन मन्त्री, स्थायी राजधानी रहने पालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी, दुबै जिल्लाका मालपोत प्रमुखहरुको सहभागित रहेको थियो ।

स्थायी राजधानी रहने पालिका प्रमुख राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव र सितगंगा नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारीले पालिकाहरुको जग्गाको अवस्था, बन क्षेत्र, ऐलानी क्षेत्र, बजार क्षेत्रका बारेमा जानकारी गराउदै प्रदेश सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा प्रदेश मन्त्रीहरु लिला गिरी, बैजनाथ चौधरी, आरती पौडेल, प्रमुख सचिव तोयनारायण ज्ञवाली, सचिव भरतमणि सुवेदी,नारायण प्रसाद शर्मा दुवाडि, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल,मालपोत कार्यालय लमही प्रमुख रमेश बहादुर बुढाथोकी लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभाको यो कार्यकाल बुटवलमै सकिन्छ होला !



प्रतिक्रिया दिनुहोस !