११ बैशाख २०८१, मंगलबार

उत्तर कोरियाद्धारा रातिमा सैनिक परेड आयोजना,सेनालाई थप सुदृढ बनाउने उनको घोषणा

प्रकाशित मिति :  11 October, 2020 8:09 am


काठमाडौं, २५ असोज । 

उत्तर कोरियाले गएराति भव्य सैनिक परेडको आयोजना गरेको छ । वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसको मौकामा गरिएको परेडमा उत्तर कोरियाका सर्वोच्च नेताको उपस्थिति रहेको थियो ।

सामान्यतया नयाँ मिसाईल तथा हतियारको प्रर्दशनका लागि उत्तर कोरियाले सैन्य परेडको आयोजना गर्दछ । जानकारहरुका अनुसार गएराति गरिएको परेडका क्रममा अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइलको प्रर्दशनले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियामा पछिल्लो २ वर्षमा पहिलो पटक सैन्य परडको प्रर्दशन भएको हो । अमेरिकी राष्ट्रपति चुनाव हुनुभन्दा पहिले कोरियाले आफ्नो नयाँ हतियार प्रर्दशन गरेको समाचारमा उल्लेख छ । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका नेता किम जोङ उनबीच भएको शिखरवार्तापछि उत्तरकोरियाले आफ्नो ब्यालेस्टिक मिसाईल प्रर्दशन गरेको थिएन ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले राति सैन्य परेडको आयोजना गर्नुको कारण भने खुलेको छैन । परेडमा कुनैपनि विदेशी मिडिया तथा व्यक्तिलाई कडा निषेध गरिएको थियो । यस्तो अवस्थामा परेडको बारेमा बढी जान्न मानिसहरु उत्तर कोरियाको सरकारले जारी गरेको तस्वीर भिडियोहरुमा पूर्ण निर्भर थिए ।

सैन्य परेडका क्रममा सम्बोधन गर्दै किमले आत्मरक्षा र हमलालाई जवाफ दिन उत्तर कोरियाले आफ्नो सेनालाई सुदृढ बनाउने बताए । उनले आफ्नो देशमा कोहीपनि कोरोना भाइरस संक्रमित नभएको समेत बताए । उनले भने,“ म संसारको अन्य देशहरुमा यो घातक भाइरससँग लड्ने मानिसहरुको राम्रो स्वास्थ्यको लागि इच्छा व्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !