२५ बैशाख २०८१, मंगलबार

देशभर थप २०७१ जनामा काेराेना संक्रमण पृष्टि

प्रकाशित मिति :  11 October, 2020 4:31 pm


काठमाडाैं, २५ असाेज । 

पछिल्लाे २४ घण्टा थप २ हजार ७१ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले  जानकारी दिएका छन् ।

देशभर भएकाे १२हजार ४ सय २७ परीक्षणमा थप०७१ २ जनामा काेराेना संक्रमण पृष्टि भएकाे हाे । नेपालमा हालसम्म कुल संक्रमितकाे संख्या १ लाख ७ हजार ७५५ रहेकाे छ । हाल सकृय संक्रमितकाे संख्या ३१ हजार ३ सय १५ रहेकाे छ ।

त्यस्तै अाज काेराना संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६३६ पुगेकाे छ ।  २४ घण्टामा काेराेना संक्रमण जितेर थप १ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् । याे सँगै काेराेना मुक्त हुनेकाे संख्या ७५ हजार ८ सय ४ जना रहेकाे छ । त्यस्तै १७ हजार ६ सय ६६ जना हाेम अाइसाेलेसनमा रहेका छन् भने संस्थागत अाइसाेलेसनमा १३ हजार ६ सय ४९ जना उपचारत छन् ।

पाँच सयभन्दा धेरै संक्रमित रहेका जिल्लामा माेरङ, सुनसरी, काठमाडाैं, भक्तपुर , ललितपुर, चितवन, रुपन्देही र सुर्खेत रहेका छन् । त्यस्तै शुन्य सक्रमित भएका जिल्लामा मनाङ र मुस्ताङ पर्दछन् । अाज थपिएकामध्ये सबै भन्दा धेरै संक्रमित काठमाडाैंका रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !