१५ बैशाख २०८१, शनिबार

साताको दोस्रो दिन स्थिर रह्यो सुनको मुल्य

प्रकाशित मिति :  12 October, 2020 12:23 pm


काठमाडौं,२६ असोज । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ । आइतबार ८ सयले बढेको स’नको म’ल्य आज स्थिर रहँदै प्रतितोला ९५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार छापावाला सुनको प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मुल्य ४० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३५ मा कारोबार भइरहेका थियो भने आज चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !