२४ बैशाख २०८१, सोमबार

पछिल्लाे २४ घण्टामा थप ४०४७ जना काेराेना संक्रमित थपिए

प्रकाशित मिति :  12 October, 2020 4:24 pm


काठमाडाै, २६ असाेज । 

पछिल्लाे २४ घण्टामा देशभरमा थप ४ हजार ४७ जना काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

देशभर भएकाे  १४ हजार ५  सय ३० पपरीक्षणमा थप ४ हजार ४७ जनामा काेराना भाइरसकाे संक्रमण पृष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख १० हजार ७०२ पुगेकाे छ ।

त्यस्तै २४ घण्टामा काेराेना संक्रमण जितेर १ हजार ४ सय ७३ जना डिस्चार्ज भएका छन् । याे सँगै काेराेना जित्नेकाे संख्या ७७हजार २ सय ७७ रहेकाे छ । त्यस्तै संकृय संक्रमितकाे संख्या ३३ हजार ८ सय ८० पुगेकाे छ ।

संस्थागत अाइसुलेशनमा १३ हजार ९ सय  २३ काे उपचार भइरहेकाे छ । त्यस्तै हाेम अाइसाेलेसनमा १९ हजार ९ सय ५७ जना रहेका छन् ।  क्वारेन्टिनमा ४ हजार ८ सय ३१ जना रहेका छन् ।

त्यस्तै ५ सय भन्दा बढी काेराेना संक्रमण भएका जिल्लामा माेरङ, सुनसरी, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, बाँके, रुपन्देही र सुर्खेत रहेका छन् । संक्रमित शून्य रहेकाे जिल्लामा मनाङ मात्रै रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !