१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा सदस्य तथा जनवादी गायिका पहाडीको निधन

प्रकाशित मिति :  14 October, 2020 1:47 pm


काठमाडौं, २८ असोज । प्रतिनिधिसभा सदस्य तथा जनवादी गायिका सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ ।  लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा आज काठमाडौंँ मेडिकल कलेजमा निधन हो ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी थिइन् ।ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् ।

उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।  प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !