७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् विस्तार: अर्थमा पौडेल,पोख्रेललाई रक्षाबाट हटाएर मन्त्रिपरिषद् कार्यालय

प्रकाशित मिति :  14 October, 2020 6:45 pm


काठमाडौं, २८ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले कुनै मन्त्री नहटाई नयाँ मन्त्री थपेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएका छन् । पोख्रेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

विष्णु पौडेल अर्थ मन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् । तीन जना यसपटक नयाँ मन्त्रीको रुपमा थपिएका हुन् ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिर्ईएको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

संविधान अनुसार मन्त्रिपरिषद सदस्यको संख्याको कोटा पुगेको छ । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्ने छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !