१३ बैशाख २०८१, बिहिबार

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण बिहान साढे ११ बजे

प्रकाशित मिति :  14 October, 2020 7:19 pm


काठमाडौं, २८ असोज ।

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण बिहीबार  हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्मा परेका नयाँ मन्त्रीहरूले शितलनिवासमा बिहान साढे ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको  छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै उपप्रधानमन्त्रीको जिम्मेवारीमा सिमित राखेका छन् ।

ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन्।

 



प्रतिक्रिया दिनुहोस !