१४ बैशाख २०८१, शुक्रबार

रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइए ईश्वर पोखरेल, उपप्रधानमन्त्रीमा सिमित

प्रकाशित मिति :  14 October, 2020 7:32 pm


काठमाडौं, २८ असोज ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रीको जिम्मेवारी खोसिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरमा ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर उपप्रधानमन्त्रीमा सिमित गराएका छन् । उपप्रधानमन्त्री पोखरेरले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन्।

ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन्।

पुनर्गठनमा परेका नयाँ मन्त्रीहरूले शितलनिवासमा बिहिबार बिहान साढे ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !