१५ बैशाख २०८१, शनिबार

नेपाल विद्युत प्राधिकरण लामो समय नेतृत्वविहिन रहँदैन : उर्जा मन्त्री पुन

प्रकाशित मिति :  16 October, 2020 8:50 am


काठमाडौं, ३० असोज ।

उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरण लामो समय नेतृत्वविहिन नहुने स्पष्ट पारेका छन् ।

तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्तको भरमा चलिरहेको प्राधिकरणलाई अब धेरै समय नेतृत्वविहिन नबनाउने मन्त्री पुनको भनाई छ । लुम्बिनीसञ्चारसँग कुरा गर्दै मन्त्री पुनले प्राधिकरणको नेतृत्वमा फेरि घिसिङपनि दोहारिन सक्ने वा नयाँ व्यक्ति पनि आउन सक्ने बताए ।

उनले भने,“सधै हामी नेतृत्वविहीन राख्दैनौं । प्राधिकरणमा कुलमानजीलाई नियुक्त गर्छौं वा नयाँ नेतृत्व आउँछ । यसलाई हामीले धेरै ठूलो विषय बनाएका छैनौं । यसै रुपले बुझिदिनु हुन अनुरोध गर्दछु ।”

कुलमानले राम्रो काम गरेको हुनाले एक पटक दोहोर्‍याउने  र पुनः काम गर्न दिन नयाँ कार्यकाल नियुक्तिका लागि आफूले प्रधानमन्त्रीसँग सल्लाह गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको मन्त्री पुनको भनाई छ ।

उनले भने,“ त्यसमा अनावश्यक विवाद गर्न आवश्यक छैन । मन्त्रिपरिषदमा पनि छलफल भयो र मैले बाहिर पनि यस विषयमा बोलिसकेको    छु । प्रधानमन्त्रीज्यू विपक्षमा, म पक्षमा पनि हैन । अरु कुनै पक्षमा, म वा प्रधानमन्त्री विपक्षमा भन्ने पनि हैन । सल्लाहमा नै प्रस्तावमा अगाडि बढाएको हो । यद्यपी कानूनी प्रक्रिया सबै हेरौं भन्ने कुरा भएको छ ।”

कुलमानलाई फेरि दोहोराउने माग जनस्तरमा उठेपनि सरकारले कुनै निर्णय गरेको छैन । मन्त्री पुनले कुलमानले सबैभन्दा बढी आफूसँग पछिल्लो साढे दुई वर्ष काम गरेको स्मरण गरे । कुलमान नभएपछि समस्या विद्युतमा समस्या भयो भन्ने पनि हल्ला गरिएपनि यथार्त नभएको उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस !