२७ बैशाख २०८१, बिहिबार

नेपालमा थप ४३९२ जना काेराेना संक्रमित थपिए

प्रकाशित मिति :  16 October, 2020 4:47 pm


काठमाडाैं, ३० असाेज । 

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

याेसँगै नेपालमा कुल काेराेना संक्रमितकाे संख्या १ लाख २६ हजार १ सय ३७ पुगेकाे छ । उनीहरुमध्ये ७१५ जनाकाे मृत्यु भएकाे छ भने ८८ हजार ४० जना संक्रमणमुक्त भएका छन्

पछिल्लाे २४ घण्टामा ३ हजार ५ सय २२ जना काेराेना जितेर डिस्चार्ज भएका छन् । देशभर अहिले संक्रिय संक्रमितकाे संख्या ३७ हजार ३ सय ८२ रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !