१४ बैशाख २०८१, शुक्रबार

रोल्पा रुन्टीगढी-१ लापालवासीको बिजुली बाल्ने सपना पुरा

प्रकाशित मिति :  16 October, 2020 7:37 pm


मनोज पुन

रोल्पा, ३० असोज ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ लापालमा विजुलीबत्ती पुगेको छ । प्रदेश सरकार,स्थानीय सरकार,बिद्युत प्राधिकरण होलेरी रोल्पा र स्थानीय नागरिकको प्रयासपछि गाँउमा विजुली वाल्न सम्भव भएको होलेरी नो लाईट सेवाका लिला दशौदीले जानकारी दिए ।

बिद्युत सेवा सञ्चालनमा आएलगत्तै यस ठाउँका ३० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।वर्षौ देखी विजुलीबत्ती वाल्ने सपना पुरा भएको भन्दै स्थानीय लालसरी घर्तीले स्थानीय सरकार लगायत सबैप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले स्वीच थिची बत्ती वालेर उद्घाटन गर्दै ,जनताको खुशी को लागी स्थानीय सरकार सदैव काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा वोल्दै होलेरी नो लाइट सेवाका इन्चार्ज मदन भण्डारीले यस क्षेत्र मा बिद्युत प्रसारण सेवा सुरु भएको भन्दै खुसी व्यक्त गरे । उनले बिद्युतका पोल तथा तारहरु नछुन सम्पुर्ण स्थानीय नागरिकहरुलाई अनुरोध गरे ।

 



प्रतिक्रिया दिनुहोस !