१३ बैशाख २०८१, बिहिबार

काठमाडौंको खुलामञ्चमा मजदूरलाई अर्गानिक खाना खुवाइयो (फोटो फिचर)

प्रकाशित मिति :  16 October, 2020 8:47 pm


काठमाडौं, ३० असोज ।

विश्व खाद्य दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘खाद्यका लागि कृषि अभियान’ले आज काठमाडौंको खुलामञ्चमा एक छाक खाना खुवाएको छ ।

कोभिड-१९ का कारण दैनिक जीवनयापन गर्न समस्या भएकालाई खाना खुवाउने अभियानलाई सहयोग गरिएको संयोजक उद्धव अधिकारीले जानकारी दिए । अधिकारीले आफूहरुले एक छाक अर्गानिक खाना खुवाएको जानकारी बताए । अभियान अन्तर्गत अन्तर्गत ले अर्गानिक खाना खुवाएको हो ।

खुलामञ्चमा अभियानले जुम्लाको मार्सी चामल,कर्णालीको सिमीलगायतका अर्गानिक खाना खुवाएको हो । अभियानले सप्ताहव्यापी कार्यक्रम गरेको थियो ।आज अन्तिम दिन खुलामञ्चमा मजदूरहरुलाई खाना खुवाएको हो ।

अभियानमा झण्डै २० वटा कृषि क्षेत्रमा काम गर्ने संघसंस्था छन् । खाना खुवाउने अभियानको नेतृत्व गरिरहेकालाई १५ हजार रुपैयाँ पनि सहयोग गरेको संयोजक अधिकारीले जानकारी दिए । भर्चुअल रुपमा गरिएको साताव्यापी कार्यक्रमको अभियानले बिहिबार बेलुका नै समापन गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !