६ बैशाख २०८१, बिहिबार

२४ घण्टामा देशभर थप ३१६७ जना काेराेना संक्रमित थपिए,उपत्यकामा मात्रै१७४६ जना

प्रकाशित मिति :  17 October, 2020 4:38 pm


काठमाडाैं,१ कार्तिक । 

पछिल्लाे २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा काेराना संक्रमण पृष्ट भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

देशभर गरीएकाे १५ हजार ४ सय ३८ परीक्षणमा थप ३ हजार १ सय ६७ जनामा काेराेना संक्रमण पृष्टि भएकाे मन्त्रालयले जनाएकाे  छ।

पछिल्लाे २४ घण्टामा थपिएका मध्ये सबै भन्दा धेरै १७४६ जना काठमाडाैं उपत्यका रहेका मन्त्रालयले जानकारी दिएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख २९ हजार ३०४ पुगेकाे छ । साेमध्ये ७२७ जनाकाे मृत्यु भइसकेकाे छ ।

देशभर हाल संक्रिय संक्रमितकाे संख्या ३८ हजार ७ सय ३७ रहेकाे छ , हाेम अाइसाेलेसनमा २५ हजार ४ सय ३७ जना रहेका छन् । त्यस्तै संस्थागत अाइसाेलेसनमा १३ हजार ७ सय ३७ जना रहेका छन् भने  क्वारेन्टिनमा ४ हजार ७ सय १५ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !