२० बैशाख २०८१, बिहिबार

बस चढ्दा अनिवार्यरुपमा फेस सिल्ड लगाउनु पर्ने

प्रकाशित मिति :  18 October, 2020 1:36 pm


काठमाडाैं, २ कार्तिक । 

सार्वजनिक सवारी साधनमा चढ्न यात्रुले पनि फेस सिल्ड लगाउनु पर्ने भएकाे छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि अनिवार्य रुपमा फेस सिल्ड लगाउनु पर्ने र यात्रुले नै फेस सिल्डकाे व्यवस्था गर्नेु पर्ने बताएकाे छ ।

सरकारले गत २६ गतेदेखि नै सार्वजनिक सवारीले सिट क्षमतामा यात्रु राख्न पाउने निर्णय गरेकाे थियाे । त्यसकारण भाैतिक दुरी कायम हुन नसक्ने भन्दै सवारीमा यात्रा गर्ने बेला फेस सिल्ड अनिवार्य गरिएकाे विभागका निर्देशक तथा प्रबक्ता लाेकनाथ भुषालले बताएका छन् ।

विभागले सवारी साधनले पुरै क्षमतामा यात्रु राख्न पाउने भएकाले यात्रुलाइ बढी भाडा नर्तिन आग्रह गरेकाे छ । यस अधि सरकारले आधा सिटमा मात्रै यात्रु बाेक्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !