६ बैशाख २०८१, बिहिबार

२४ घण्टामा थप २९४२ जना संक्रमित थपिए, संक्रमितकाे संख्या १ लाख ३२ हजार २४६ पुग्याे

प्रकाशित मिति :  18 October, 2020 4:39 pm


काठमाडाैं, २ कार्तिक । 

पछिल्लाे २४ घण्टामा थप २ हजार ९ सय ४२ जना काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

देशभर गरिएकाे १४ हजार ८ सय ७५ परीक्षणमा थप २ हजार ९ सय ४२ जनामा संक्रमण पृष्टि भएकाे मन्त्रालयले जानकारी दिएका छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ३२ हजार २ सय ४४ पुगेकाे छ ।

त्यस्तै नेपालमा संक्रिय संक्रमितकाे संख्या ३९ हजार ३ सय ४१ रहेकाे छ । संस्थागत आइसाेलेसनमा १२ हजार ९ सय ३२ जना रहेकाे छन् । हाेस आइसाेलेसनमा रहनेकाे संख्या २६ हजार ४ सय ८ जना रहेका छन् । त्यस्तै क्वारेन्टिनमा ४ हजार ८ सय ३१ जना रहेका छन् ।

त्यस्तै ५ सय भन्दा धेरै संकेमित भएकाे जिल्लामा माेरङ, सुनसरी, मकवानपुर, काठमाडाैं, ललितपुर, भक्तपुर, रुपन्देही, दाङ र बाँके रहेका छन् । शुन्य संक्रमित भएकाे जिल्ला मनाङ रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !