७ बैशाख २०८१, शुक्रबार

देशभर थप ३ हजार ७ सय ९०जना संक्रमित थपिए

प्रकाशित मिति :  19 October, 2020 4:39 pm


काठमाडाैं, ३ कार्तिक । 

पछिल्लाे २४ घण्टामा थप ३ हजार ७ सय ९० जना काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

देशभर भएकाे १५ हजार ७ सय १४ परीक्षणमा थप ३ हजार ७ सय ९० जनामा संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । त्यस्तै २४ घण्टामा २ हजार ३ सय ३५ जना काेराेना जितेर डिस्चार्ज भएका छन् ।

त्यस्तै देशभर हाेमअाइसाेलेसनमा रहनेकाे संख्या २६ हजार ९ सय २७ पुगेकाे छ । संक्रिय संक्रमितकाे संख्या ४० हजार ७ सय ८८ रहेकाे छ । संस्थागत अाइसाेलेसनमा १३ हजार ८ सय ५१ जना उपचारत छन् । त्यस्तै क्वारेन्टिनमा रहनेकाे संख्या ४ हजार ४ सय ७० रहेकाे छ।

पाँच सय भन्दा बढी संक्रमित रहेका जिल्लामा माेरङ, सुनसरी, मकवानपुर, कास्की, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही, दाङ, र बाँके रहेका छन् । शुन्य संक्रमित भएकाे जिल्लामा मुस्ताङ मात्रै रहेका छ र

 



प्रतिक्रिया दिनुहोस !