१४ बैशाख २०८१, शुक्रबार

स्प्लेन्डर बाइक नयाँ लुकमा लन्च,थ्रीडी लोगो पनि जडान गर्न सकिने

प्रकाशित मिति :  23 October, 2020 8:16 am


काठमाडौं, ७ कार्तिक। 

हिरोले भारतमा स्प्लेन्डर बाइक नयाँ लुकमा लन्च गरेको छ । हिरो मोटोकर्पको चर्चित बाइक हिरो स्प्लेन्डर ब्ल्याक एन्ड एक्सेन्ट एडिसनमा सार्वजनिक भएको हो । सो बाइकको मूल्य ६४ हजार ४७० भारु तोकिएको छ ।

हिरो स्प्लेन्डर नयाँ एडिसन ३ कलर भेरिएन्टमा उपलब्ध रहेको छ । यसमा फायरफ्लाई गोल्डन, बीटल रेड र बंबल बी यल्लोको विकल्प रहेको छ । सो बाइकमा १३९९ भारु अतिरिक्त तिरी हिरोमा थ्रीडी लोगो पनि जडान गर्न सकिन्छ ।

हिरो स्प्लेन्डरको बाइक ३ भेरिएन्टमा उपलब्ध रहेको छ । यसमा किक स्टार्ट भेरिएन्टको मूल्य ६० हजार ५०० भारु रहेको छ । यसको पहिलाको मूल्य ६० हजार ३५० भारु थियो । सो बाइकका सेल्फ स्टार्ट भेरिएन्टको मूल्य ६२ हजार ८०० भारु रहेको छ । यसको पुरानो मूल्य ६२ हजार ६५० भारु थियो । स्प्लेन्डर प्लस सेल्फ स्टार्ट आई३एस भेरिएन्टको मूल्य ६३ हजार ०१० भारु रहेको छ । जबकि यसको पुरानो मूल्य ६३ हजार ८६० भारु थियो ।

स्प्लेन्डर प्लस बाइकमा ९७.२ सीसी, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन समावेश छ । जसले ८००० आरपीएममा ७।८ बीएचपीको पावर र ६००० आरपीएममा ८.०५ एनएमको पिक टर्क जेनेरेट गर्छ । सो बाइकमा ट्युबलेस टायरको साथै १३० एमएमको रियर ब्रेक समावेश गरेको  छ ।



प्रतिक्रिया दिनुहोस !