२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले दसैँ टिका लगाएनन्,सार्वजनिक टीका कार्यक्रम राखिएन

प्रकाशित मिति :  26 October, 2020 3:16 pm


काठमाडौं, १० कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् ।

प्रधानमन्त्री निवास बलुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले प्रधानमन्त्री ओलीले यस वर्ष टीका नलगाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् ।



प्रतिक्रिया दिनुहोस !