४ जेष्ठ २०८१, शुक्रबार

नेकपा केन्द्रीय कमिटी बैठक एकमहिना सर्‍यो

प्रकाशित मिति :  28 October, 2020 3:44 pm


काठमाडौं, १२ कार्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिनाका लागि सरेको छ ।

कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण देखाउँदै स्थगित गरिएको छ । नेकपा केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जानकारी गराईएको छ ।

आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !