४ जेष्ठ २०८१, शुक्रबार

दाङमा खुट्टा छिनालिएको घटनाको अनुसन्धान गर्न ३३ युवा पक्राउ

प्रकाशित मिति :  28 October, 2020 4:01 pm


दाङ, १२ कार्तिक ।

दाङको तुलसीपुरमा कमारा बिकमाथि भएको आक्रमणबारे अनुसन्धान गर्न प्रहरीले ३३ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ नवलपुर निवासी ४५ वर्षीय विक तुलसीपुर– १० गोलौरीमा खुट्टा छिनिएको अवस्थामा भेटिएका थिए । अनुसन्धानका क्रममा उनीमाथी आक्रमण भएको खुलेपछि प्रहरीले ३३ जनालाई पक्राउ गरेको हो ।

विकको उपचार भइरहेका छ । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ । उक्त घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

डिएसपी सिंहले अनुसन्धानका क्रममा रातको समयमा सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको बताए ।

घाइते बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि बाँके पठाइएको थियो । बाँकेबाटपनि उपचारका लागि लखनउ पठाइएको छ । अत्यधिक रक्तस्रावका कारण घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !