४ जेष्ठ २०८१, शुक्रबार

५ दिनपछि खुलेको सेयरबजारमा बैंकिङ क्षेत्रमा उछाल,अधिकांश हाइड्रोपावरले गुमाए

प्रकाशित मिति :  28 October, 2020 4:10 pm


काठमाडौं, १२ कार्तिक ।

५ दिनको बिदापछि आज पहिलोपटक खुलेको बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण देखिएको छ । नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक आज ४१.२० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगेको छ । बुधबार पहिलो दिननै बजारमा सूचीकृत १ सय ६७ कम्पनीको सेयर कारोबार भएको छ । जसमा १ सय ३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २५ वटा कम्पनीको मूल्य घट्दा १० वटा कम्पनीको मूल्य भने तटस्थ रहेको छ ।

सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीमा सबै वाणिज्य बैंक अगाडी देखिएको छ । ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक र सिटिजन्स बैंकको कारोबार एकैदिन १० करोडभन्दा माथि देखिएको छ ।

त्यस्तै, प्राइम कमर्शियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । बढ्दो बजारमा पनि मूल्य गुमाउनेमा भने अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।

बजार खुलेको सुरुमा सामान्य उतारचढाव देखिए पनि आज समग्र बजार अन्तिमसम्म पनि निरन्तर रुपमा बढेर बन्द भएको छ ।



प्रतिक्रिया दिनुहोस !