४ जेष्ठ २०८१, शुक्रबार

स्कोडा कारोक गाडी भारतमा ९ महिनामै स्टक सकियो,प्रतीक्षामा नेपाली ग्राहक

प्रकाशित मिति :  29 October, 2020 10:03 am


काठमाडौं, १३ कार्तिक ।

नेपाल आउने प्रतीक्षामा रहेको स्कोडाको ५ सिटर एसयूभी कारोकको पुरै स्टक भारतमा भने सकिएको छ । भारतमा यही वर्षको मे महिनामा सो कार लन्च भएको थियो । कम्पनीले ९ महिनामै भारतमा बिक्रीका लागि उपलब्ध पुरै स्टक सकिएको बताएको छ ।

भारतमा केवल १ हजार स्कोडा कारोक बिक्रीका लागि उपलब्ध गराइएको थियो । यो कार भारतमा कम्प्लिट्ली बिल्ट युनिट अनुसार ल्याइएको थियो ।

स्कोडाको ५ सिटर यो कारले भारतीय बजारमा जिप कम्पास र हुन्डाई टुसान जस्ता गाडीसँग प्रतिस्पर्धामा उतारिएको थियो । कारोक एसयूभी पेट्रोल इन्जिनमा मात्र उपलब्ध छ । यसमा १।५ लिटर टीएसआई पेट्रोल इन्जिन छ, जुन फक्सवागनको टी–रक मा समेत उपलब्ध छ । ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्स भएको सो इन्जिनले १४८ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

स्कोडा कारोकको लम्बाई ४,३८२ एमएम, चौडाई १,८१४ एमएम र उचाई १,६०५ एमएम छ । यसको ह्विलबेस २,६३८ एमएम र ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसमा ५२१ लिटरको बुट स्पेस दिइएको छ, जसको पछिल्लो सिटलाई पुरै फोल्ड गरेर १,८१० लिटर सम्म बढाउन सकिन्छ ।

स्कोडा कारोक आफ्नो फेमिलीमा सबैभन्दा सुरक्षित एसयूभी मानिन्छ, जसले युरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । स्कोडाको यो प्रिमियम एसयूभीमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र मिरर लिंकका साथ ९।२ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ ।

यसका साथै सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ टेलिफोनी, नेभिगेसन, रिभर्स क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट्स र प्यानोरामिक सनरुफ जस्ता फिचर उपलब्ध छन् ।

नेपाली बजारमा स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यो एसयूभी उपलब्ध गराउने संकेत आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरिसकेको छ । यो कार नेपाली बजारमा तिहार पछि मात्र आउने सम्भावना भएको कम्पनी स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !