२७ बैशाख २०८१, बिहिबार

बुटवलमा काेराेना संक्रमित पुरुषकाे मृत्यु

प्रकाशित मिति :  30 October, 2020 4:26 pm


बुटवल, १४ कार्तिक । 

बुटवलकाे काेराेना विषेश अस्पतालमा मा उपचारत एक पुरुषकाे अाज बिहान मृत्यु भएकाे छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले जारी गरेकाे विज्ञप्तिमा यहि कार्तिक १ गते काेराेना सङक्रमण भएर बुलवलकाे काेराेना अस्थायी अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ८ का ५५ बर्षिय पुरुषकाे शुक्रबार बिहान मृत्यु भएकाे जानकारी दिइएकाे छ ।

मधुमेह, उच्च रक्तचापका राेगी उनमा श्वावप्रश्वासमा समस्या, ज्वराे र निमाेनिया देखिए पछि अस्पताल भर्ना गरिएकाे थियाे । उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !