६ जेष्ठ २०८१, आइतबार

डबल साइलेन्सर भएको क्रसएक्स २५०आर केही दिनमै नेपाल आउने

प्रकाशित मिति :  5 November, 2020 8:57 am


काठमाडौं, २० कार्तिक ।

नेपाली बजारमा क्रसएक्सको २५०आर बाइक केही दिनमै उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक बाइकर्स नेपाल प्रालिले यो बाइक उपलब्ध गराउन लागेको हो ।

२०२० मोडलको अन्तिम लटको रुपमा यो बाइक उपलब्ध हुने छ । यसको मूल्य ५ लाख ९५ हजार रुपैयाँ हुनेछ । अब यस पछि २०२१ को मोडल मात्र नेपाली बजारमा उपलब्ध हुने र यसको मूल्य पनि वृद्धि हुनेछ ।

क्रसएक्स २५०आर पहिले भन्दा अपग्रेड भएर आउने छ । यसमा भएको डबल साइलेन्सर सबैभन्दा आकर्षक छ । युवाहरुको रोजाईमा डबल साइलेन्सर भएको बाइक पर्ने भएकाले त्यसै अनुसार यसको डिजाइन गरिएको बताइएको छ । डर्ट र मोटार्ड दुवै सेगमेन्टमा यो बाइक उपलब्ध हुनेछ ।

जापनिज आर्किटेक्ट प्रयोग गरिएको यो बाइकमा भएको २५० सीसी लिक्विड कुल्ड इन्जिन अफरोड यात्राका लागि निकै नै उपयुक्त छ । यसको ब्रेकिङ सिष्टम जापनिज कम्पनी निसिनले बनाएको हो । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन हेडलाइट छ । सो हेडलाइट पोर्चुगलमा विकास भएको हो ।

यसमा जर्मनीको बल्ब राखिएको छ । सो बल्बमा ३५ वाट १२ भोल्टको चिम छ । यसका कारण विपरित दिशाबाट आइरहेका राइडरहरुको आँखा डिस्टर्व हुँदैन । यसको टप स्पिड १५० किलोमिटर प्रतिघण्टा छ ।



प्रतिक्रिया दिनुहोस !