१३ बैशाख २०८१, बिहिबार

सुनको मुल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  5 November, 2020 1:17 pm


काठमाडौं, २० कात्तिक ।

लगातार बढिरहेको सुनको मुल्य आज घटेको छ । नेपाली बजारमा बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ सयले घटेर ९६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै बुधबार १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य आज ५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !