१५ बैशाख २०८१, शनिबार

शुक्रबार सुनको मुल्य १ हजारले बढ्यो

प्रकाशित मिति :  6 November, 2020 1:15 pm


काठमाडौं, २१ कात्तिक ।

साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य बढेको छ । नेपाली बजारमा शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ हजारले बढेर ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै बिहीबार ५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य आज ४५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !