१३ बैशाख २०८१, बिहिबार

चिनियाँ कम्युनिष्ट पार्टीद्धारा पूर्वसभामुख महरालाई समवेदना पत्र, पत्नी सीताको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति :  6 November, 2020 7:44 pm


काठमाडौं,२१ कार्तिक ।

चिनियाँ कम्युनिष्ट पार्टीले पूर्वसभामुख कृष्णबहादुर महरालाई समवेदना पत्र पठाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्र्राष्ट्रिय विभागले पूर्वसभामुख महरालाई समवेदना पत्र पठाउँदै जीवन संगीनीको निधनप्रति निधनप्रति दुःख व्यक्त तथा समवेदना प्रकट गरेको हो ।

अन्तर्राष्ट्रिय विभाग अन्तर्गतको दक्षिण तथा दक्षिणपूर्वी एसिया ब्यूरोले महरालाई पठाएको पत्रमा भनिएको छ,”कमरेड, यहाँको श्रीमतीको दुखद निधनबारे सुन्दा अत्यन्त दुःख लागेको छ। यहाँलाई पर्न पर्न गएको क्षतिप्रति हामी अत्यन्त दुखित छौं, यस दुखद क्षणमा हामी यहाँलाई गहिरो समवेदना व्यक्त गर्दछौं ।”

पूर्वसभामुख महरा पत्नी सीताको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो । १० वर्षअघिदेखि माइस्थेनियाको समस्याबाट पीडित ५९ वर्षीया सीताको काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचारका क्रममै निधन भएको हो। उनलाई कोरोना संक्रमण समेत भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !